वैदेशिक रोजगार विभागमा यस्ता पर्छन् उजुरी, दोष सरकारको कि कस्को ?

Advertisement

काठमाडौँ । रोजगारीको अभावमा दैनिक हजारौँ नेपाली युवाहरु विभिन्न देशमा जाने गरेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा विशेष गरी खाडी मुलुकमा जानेको संख्या अधिक छ । बैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाँदा समेत गन्तव्य देशमा भनेको काम नपाएर धेरै युवाहरुले दुःख व्यहोरेका छन् । त्रिभुवन विभानस्थल हुँदै विदेश जाँदा वैदेशिक रोजगारी केही सहज हुनसक्छ, तर विभिन्न बहानामा भारतबाट समेत नेपालीहरु वैदेशिक रोजगारीका लागि उड्ने गरेका छन् ।

वैदेशिक रोजगारी स्वदेशमा बसेर सोचेको जस्तो सहज छैन । जोखिमपूर्ण काम गर्नु पर्ने, भनेको काम नपाइने, हावापानी, भाषाको समस्या हुने गरेको छ । परिवारको उज्ज्वल भविश्यको सपना देखेर वैदेशिक रोजगारीका गएका कत्ति जना सपना त विदेशी भूमिमै सेलाउने गरेको छ ।

कोही विदेशी भूमिमा पुगेपछि आफू ठगिएको महशुस गर्छन् भने कोही वैदेशिक रोजगारी जाने शिलशिलामा नै ठगिन्छन् । आफू ठगिएँ भन्दै दैनिकजसो वैदेशिक रोजगार विभागमा उजुरी लिएर जानेको संख्या उल्लेख रहने गरेको छ । कस्ता कस्ता उजुरी पर्ने गरेका छन् त ? वैदेशिक रोजगार विभागमा कार्यरत उपसचिव भीष्मकुमार भुसालले सामाजिक सञ्जाल फेसबुकमा यसरी उल्लेख गरेका छन् :

१. माल्दिभ्स जानको लागि २ लाख १० हजार बुझाएँ । प्रमाण केही राखेकी छैन । अहिले पैसा फिर्ता दिन त कता हो कता पासपोर्ट समेत हराइदियो । के गर्ने ?

२. क्यानडा जान २१ लाख तिरियो । पठाउन पनि सकेन । पैसा फिर्ता पनि दिएन ख। ठग भागेर भारतमा बसेको छ ।

३. अर्मेनिया पठाउँछु भनेर ५ लाख ४५ हजार लियो । पैसा फर्काउँदैन । जे सक्छस् गर् भन्छ । नगदै दिएको । के गर्ने ? (पछिल्लो दिनमा अर्मेनिया पठाउँछु भनेर ठग्ने निकै उजुरी आएका छन्)

४. क्यानडा पठाउँछु भनेर १४ लाख लियो । दिल्ली लगेर राखेको छ । डेढ महिना भयो । नेपाल ल्याउन पनि सकिएको छैन । उता पनि पठाउँदैन । अर्को केसः क्यानडा जान भनेर २५ लाख दिएको । कुनै कागज गरिएन । कसरी उठाउने ?

५. म्यानपावरले २२०० मासिक रियालमा भनेर पठायो । उता गएर ७०० मात्रै पाइएको छ । फर्काउनु पर्यो ।

६. म्यानपावरमार्फत बहराइन जान लागेको । तर एजेन्टले पैसा हातैमा नगद दिनुपर्छ भनेको छ । म्यानपावरमा सोझै जाँदा भित्र छिर्नै दिंदैन ।

७. अष्ट्रेलिया जानका लागि झुठ्ठा विवाह गरियो । केटीलाई १६ लाख दिइयो। केटी अष्ट्रेलिया पुगेपछि सम्पर्कबिहीन भई । म डुबें । पैसा कसरी उठाउने ?

८. पोल्याण्ड जानको लागि भनेर ३ लाख लियो । पठाउन सकेन । विभागमा उजुरी दिन जान्छु भनेको नजाउ, म पैसा फिर्ता दिन्छु भनेर चेक दियो । तर जतिपटक साट्न जाँदा पनि चेक साटिन्न ।

९. मकाउ लान्छु भनेर ७ लाख ६० हजार लियो । पैसा फिर्ता पनि गर्दैन । लान पनि सकेन ।

१०. मेरो श्रीमान कतारमा काम गर्दै हुनुहुन्थ्यो । नेपाल फर्कंदा साथीको सामान लिई आउनु भएछ । विमानस्थलमा झोला जाँच गर्दा धेरै सुन फेला परेछ । उहाँ जेल पर्नुभयो । कसरी छुटाउने ?

११. स्पेन लैजान्छु भनेर ४ लाख उठाएर दिल्ली लगेर केही महिना राख्यो । अहिले ७ महिना भयो । न पैसा दिन्छ न पठाउन सक्यो ।

१२. चेक रिपब्लिक लान्छु भनेर १२ लाख ८० हजार लियो । बिभागमा उजुरी गर्छु भनेको ३ लाख फर्कायो । त्यसपछि सम्पर्कमा छैन ।

१३. अमेरिका लैजान्छु भने २६ लाख दिएको मेक्सिकोबाट फर्कनु पर्यो । कसरी पैसा उठाउने होला ?

१४ दक्षिण अफ्रिका लैजान्छु भनेर ६ लाख दिएको । पैसा बुझेपछि एजेन्टको स्वीच अफ छ । फेसबुकमा विज्ञापन देखेर सम्पर्क गरियो । अब के गर्ने ?

१५. निजी विद्यालय सञ्चालन गर्न भनेर केही ऋण लिएँ । म २५ बर्ष देखि उक्त विद्यालयको प्रिन्सिपल छु । कागज गर्दा वैदेशिक रोजगार भनेर कागज गरियो । म्याद गुज्रेको ३ महिना भयो । ब्याज सहित दिन्छु भनेको थिएँ । यता मुद्दा हालेछ । प्रहरीले पक्रेर ल्यायो । मेरो जीन्दगीभरको इज्जत प्रतिष्ठा माटोमा मिल्यो (भक्कानिएर निरन्तर अश्रुधारा बहाउँदै बिलाप गर्दै विभागमा)

Advertisement

Advertisement

Advertisement