बेलायतमा दक्षिणपन्थी उभार, कञ्जरभेटिभ पार्टीलाई स्पष्ट बहुमत, ईयु छोड्ने पक्का

Advertisement

काठमाडौं । बेलायतमा पुनः एक पटक दक्षिणपन्थी उभार आएको छ । बेलायतलाई युरोपियन युनियनबाट बाहिर ल्याउने अभियानको नेतृत्व गरिरहेको कञ्जरभेटिभ पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

६५० सिटको निर्वाचनमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टीले ४६५ सिटमा जित हासिल गरेको छ । त्यहाँ सरकार गठनका लागि ३२६ सिट आवश्यक थियो । कञ्जरभेटिभ पार्टीले अघिल्लो निर्वाचनमा भन्दा ४७ सिट बढी जितेको छ ।

विपक्षी लेबर पार्टीले अघिल्लो निर्वाचन भन्दा ५९ सिट कम जितेर २०३ सिटमा खुम्चिएको छ । लेबर पार्टीले आफ्नो परम्परागत गढ मानिएका थुप्रै क्षेत्रमा निर्वाचन हारेको छ । निर्वाचनको परिणमसँगै कञ्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री जोनसनले आफुलाई ऐतिहासिक नयाँ जनादेश प्राप्त भएको बताएका छन् । सोही जनादेशका आधारमा अब बेलायत युरोपियन युनियनबाट सहजै बाहिरिने पनि उनले बताएका छन् ।

लेबर पार्टीका नेता जेरेमी कार्बिनले निर्वाचनको परिणामलाई आश्चर्यको संज्ञा दिँदै लेबर पार्टीका लागि निरासाजनक दिन भएको बताएका छन् ।

बेलायतमा पछिल्लो पाँच वर्षमा ३ पटक संसदीय निर्वाचन भैसकेको छ । यसअघि २०१५ र २०१७ मा आम निर्वाचन भएको थियो । बेलायतलाई युरोपियन युनियनबाट बाहिर लैजाने विषयमा विवाद रहँदै आएको छ । बेलायतको इतिहासमा पछिल्लो एक सय वर्षमा डिसेम्बर महिनामा निर्वाचन गरिएको यो नै पहिलो पटक हो ।

Advertisement

Advertisement

Advertisement