नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न, १६.८४ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार काठमाडौंमा आयोजित  सभाले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारितसहित सभा सम्पन्न गरेको हो ।

बैंकले कुल चुक्ता पूँजीको १०.८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६ हजार ६ सय ३६ रुपियाँ नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै साधारणसभाले चुक्ता पूँजीमा ६ प्रतिशत अर्थात ५० करोड ६९ लाख ५५ हजार ३१ रुपियाँ बराबरको बोनस सेयर दिने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, साधारणसभाले स्वतन्त्र सञ्चालक तर्फ बिमला सुवेदीलाई नियुक्त गरेको छ । हाल बैंकको चुक्ता पुँजी रु ८ अर्ब ४४ करोड रहेको छ । ६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी रु ८ अर्ब ९५ करोड नाघ्ने छ ।

Advertisement

Advertisement

Advertisement