एनबीआईको सीइओमा कुमार लम्साल नियुक्त

Advertisement

काठमाडौँ । नेशनल बैंकिङ ईन्ष्टिच्यूट (एनबीआई)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कुमार लम्साल नियुक्त भएका छन् । एनबीआई सञ्चालक समितिले मंसिर ३० गते देखि लागु हुने गरी लम्साललाई सीईओमा नियुक्त गरेको हो ।

एनबीआईका नव नियुक्त सीईओ लम्सालसँग यसअघि सानिमा बैंक, प्रभु बैंक र जनता बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ ।

एनबीआई राष्ट्र बैंक समेतको लगानीमा बैंकिङ क्षेत्रमा तालिम तथा दक्ष जनशक्ति उत्पादनको लागि खोलिएको संस्था हो । स्थापनाकालदेखि कार्यरत सञ्जिव सुब्बाले छाडेपछि एनबीआईमा सीईओ पद खाली थियो ।

Advertisement

Advertisement

Advertisement