अख्तियार एक्सनः ‘१२३ दिनमा २०६ मुद्दा, ९६ स्टिङ अप्रेशन, यसपालि इतिहास लेखिने’

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार विरुद्ध द्रुत गतिमा काम गरिरहेको बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था(आइक्यान)द्वारा आइतबार आयोजित ‘प्रोफेन्सन इन्टिग्रिटी फर कम्व्याटिङ करप्सन एण्ड फ्रड’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीलाई संबोधन गर्दै प्रमुख आयुक्त घिमिरेले यस्तो कुरा बताएका हुन् ।

उक्त अवसरमा प्रमुख आयुक्त घिमिरेले चालु आर्थिक वर्षको १२३ कार्यदिनमा २०६ वटा मुद्दा दायर गरिएको बताए । यो अवधिमा ९४ वटा स्टिङ अपरेशन भयो, १६ सय वटा उजुरीका विषयमा सुक्ष्म अध्ययन भइरहेको छ–आयुक्त घिमिरेले भने । अख्तियारले आव २०७५÷७६ मा ३१५ वटा मुद्दा दायर गरेको थियो । मुद्दा सपफलताको दर २८ प्रतिशत पुगेको छ । यसपाली इतिहासको सबैभन्दा धेरै मुद्दा हाल्छौ–प्रमुख आयुक्त घिमिरेले सुनाए ।

भ्रष्टचार र कर छलिमा संलग्न कसैलाई पनि नछाड्ने चेतावनी दिंदै उनले भने–लेखा परीक्षकलाई भाग छुट्टाउने चलन देखेको छु, अब त्यस्तो नगर्नुस् ।’ उक्त अवसरमा नेपालगञ्ज र बर्दिबासमा इञ्जिनियरिङको ल्याब बनाउने तयारी अघि बढेको समेत उनले बताए ।

Advertisement

Advertisement

Advertisement