सिद्धार्थ बैंकको नयाँ शाखा वीरगन्जको मुर्लीचौकमा

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले वीरगन्जस्थित मुर्लीचौक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाले आइतबार संयुक्त रुपमा गरेका हुन् ।

बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । साथै, बैंकले १९५ एटिएम र १६ सयभन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement