महिला सहयात्राद्वारा लाभांश घोषणा, बोनस शेयर १० प्रतिशत, नगद लाभांश कति ?

Advertisement

काठमाडौँ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को संचित नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव कमलकुमार काफ्लेले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव काफ्लेले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement