सभामुख नियुक्तिको विषयले सत्तारुढ दलभित्र विवाद चर्कियो, संसद बैठक नै स्थगित

Advertisement

काठमाडौं । सभामुख नियुक्तिको विषयले सत्ताढ दलभित्र विवाद बढेको छ । सोही विवादका कारण शुक्रबार बस्ने भनिएको संसद बैठक विशेष कारणबस भन्दै सुचना टाँसेर स्थगित गरिएको छ । बैठक आज दिउसो १ बजे बस्ने तय गरिएको थियो ।

सत्तारुढ दल नेकपाभित्र पुष्पकमल दाहाल प्रचण्ड समूहले कृष्णबहादुर महराको ठाउँमा आफ्नो समूहबाट सभामुख हुनुपर्ने अडान राख्दै आएको छ भने केपी ओली पक्षले आफ्नो पक्षका सुवाश नेम्वाङ वा अहिलेकै उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बनाउनुपर्ने अडान राख्दै आएको छ ।

तुम्बाहाङ्फेले आफू महिला भएकाले सभामुख दिन आनाकानी गरिएको भन्दै राजीनामा नदिने अडान राख्दै आएकी छन् । यता प्रचण्ड समूहले भने देव गुरुङलाई सभामुखको लागि प्रस्तुत गरेको छ । गुरुङले अमेरिकी परियोजना एमसीसी संसदबाट कुनै पनि हालतमा पास गर्न नहुने अडान राख्दै आएका व्यक्ति भएकाले पनि ओलीले उनलाई सभामुख बनाउन मानेका छैनन् ।

आज संसद बैठकमा सभामुख निर्वाचनको मिति तोक्ने कार्यसूची थियो । यता काँग्रेसले पनि कानुनअनुसार सभामुख वा उपसभामुखमध्ये एउटा पद आफूहरुलाई दिनुपर्ने बताउँदै आएको छ । तर नेकपाले भने काँग्रेसलाई भन्दै प्रतिपक्षमै रहेको मधेसी दललाई उपसभामुख दिने सोच बनाएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रकरणमा मुछिएसँगै उनले राजीनामा दिएका थिए । एउटै

Advertisement

Advertisement

Advertisement