अमेरिकाले नै एमसीसी आईपीएसको अंग भनेर स्वीकारेपछि प्रचण्डको बोली बन्द भयोः गजुरेल

Advertisement

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को तयारी सम्पन्न गरिसकेको बताएका छन् । यही जनवरी १ मा दशरथ रंगशालामा सरकारको भव्य कार्यक्रम गरी भ्रमण बर्षको शुभाम्भको तयारी गरिरहँदा भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी यसको तयारीबारे जानकारी गराएका हुन् ।

सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण बर्ष २०२० आयोजना गर्न लागेको हो । उनले आफू मन्त्री भएदेखि नै अधिकांश समय भ्रमण बर्षको लागि खर्चिएको सुनाउँदै यस बीचमा एकसयभन्दा बढि स्वदेशी तथा विदेशी संघसंस्था र सरोकारवाला निकायसँग छलफल भएको पनि बताए ।

भट्टराईले ती छलफलहरु २० लाख पर्यटक भित्राउने कुरामा मात्रै केन्द्रित नरेर कसरी राष्ट्रिय एकता कायम गर्ने ? र भ्रमण बर्षलाई कसरी राष्ट्रिय उत्सवको रुपमा मनाउने भन्ने कुरामा केन्द्रित रहेको बताए ।

के गर्दा हामीले पर्यटन विकासका लागि राखेका दिर्घकालिन सपनाहरु पूरा गर्न सकिन्छ ? संवृद्ध नेपाल सुशी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक सामाजिक असमानता अन्त्य गर्ने कुरामा पर्यटन क्षेत्रको कस्तो योगदान हुन्छ ? भन्ने कुरामा आफूहरुको ध्यान रहेको छ भन्दै उनले भ्रमण बर्षमार्फत विश्वलाई नेपाल संवृद्धिको बाटोमा अघि बढ्दै छ भन्ने सन्देश दिनुपनि रहेको बताए ।

मन्त्री भट्टराईले भ्रमण बर्षमार्फत विश्वभरका लगानीकर्तालाई नेपाल लगानीको उपयुक्त मुलुक हो भन्ने सन्देश पनि दिने लक्ष्य रहेको बताउँदै २० लाख पर्यटक ल्याउने लक्ष्य राख्दा गुणस्तरीय पर्यटक भित्राउने, पर्यटक क्षेत्रबाट राजश्व तथा रोजगारी बढाउने र समग्र आर्थिक वृद्धिमा पनि योगदान दिनु हो भने ।

साथै, उनले पर्यटनमा गुणस्तरीयता, बजारीकरण, ब्राण्डिङमा कस्तो प्रभाव पर्नेछ ? यस्ता प्रश्नहरुलाई केन्द्रमा राखेर नै आफूहरुले भ्रमण बर्षको तयारी गरेको जानकारी दिँदै यसलाई सफल बनाउन सबै क्षेत्रले तत्परता देखाएकाले आफूहरु खुशी भएको बताए ।

मन्त्री भट्टराईले सरकार मात्रै नभएर राजनीतिक दल, निजी क्षेत्र अरु संघसंस्था भ्रमण बर्षको आयोजक हो भन्दै भ्रमण बर्षको शुभारम्भको दिन देशभर दीपावली गर्न पनि आव्हान गरे । विदेशीस्थित नियोगदेखि सबै सरकारी कार्यालयमा पनि दीपावली गर्न उनले आग्रह गरे । भ्रमण बर्ष सफल बनाउन मिडियाको महत्वपूर्ण भूमिका हुने बताए ।

साथै, भट्टराईले २०२० लाई भ्रमर्ण बर्षको आरम्भको रुपमा लिएर २०३० सम्मलाई नै भ्रमण दशकको रुपमा मनाउन सकिने बताए । भ्रमण बर्षको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने कार्यक्रम बनाइएको छ । कार्यक्रममा प्रधानमन्त्रीदेखि उपराष्ट्रपति, प्रधानन्यायाधीसदेखि सबै दलका नेताहरु पनि सहभागी हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement