सेयर बजारमा सामान्य गिरावट, आज धेरै घाटा व्यहोर्नेमा दुरसञ्चारका लगानीकर्ता

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से एक दशमलव ९२ अंकले घटेर एक हजार १६६ दशमलव ०३ कायम भयो भने कारोबार रकम ४४ करोड २२ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । जसको कारोबार छ करोड १७ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्टस रहेको छ । जसको कारोबार दुई करोड ७८ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, व्यापार मूलक समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यस्तै, माइक्रोफाइनान्स र होटल समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने हाइड्रोपावर, विकास बैंक, बैंकिङ समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधार आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभनद धेरैको गिरावट आएको छ ।

त्यस्तै, आज धेरै फाइदा खानेमा विशाल बजार कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी सात दशमलव ८० प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ८९ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement