नेपाल जेसिजको नयाँ कार्यकारिणी समितिले पदभार ग्रहण गर्यो

Advertisement

काठमाडौं । नेपाल जेसीजको २०२० को नवनिर्वाचित नयाँ कार्यकारिणी समितिले मंगलबार पदभार ग्रहण गरेको छ । जेसीज भवन थापाथलीमा आयोजित कार्यक्रमममा अशोक शंकर नेतृत्वको नयाँ कार्यकारिणी समितिका पदाधिकारीले सपथ खाँदै आफ्नो कार्यभार सुरु गरेका हुन् ।

कार्यक्रममा नेपाल जेसिजका नयाँ राष्ट्रिय अध्यक्ष शंकरसहित पूर्वराष्ट्रिय अध्यक्षहरुले बालेका थिए । आजै नेपाल जेसीजले सन २०१९ को कार्यकारिणी समितिको बिधाई तथा सन् २०२० का लागि निर्वाचित नयाँ कार्य समितिलाई स्वागत गरेको छ ।

कार्यक्रममा नेपाल जेसीजका संस्थापक राष्ट्रिय अध्यक्ष भेषबहादुर थापा, साझा पार्टीका संयोजक रबिन्द्र मिश्र, नाडा एशोसियशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाललगायतको उस्थिति थियो । कार्यक्रममा मिश्रले जेसीजमा लागेर हासिल गरेको नेतृत्व विकास तथा क्षमता विकासलाई व्यवसायिक जीवनमा लगाउनुपर्ने बताए ।

जेसिजका सन् २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकरले जेसीजका मुलभुत सिद्धान्तलाई अक्षरश पालना गर्दै युवाहरुसँग हातेमालो गरेर अघि बढ्ने बताए । उनले जेसीज युवाहरुलाई उद्यमशील बन्न सिकाउने संस्था पनि भएको बताउँदै उनीहरुलाई नेपालमै केही गर्न अभिप्रेरित गर्ने काम आफूहरुले गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement