स्वाभिमान लघुवित्तको एजीएम माघ १० गते, ३ः१ को अनुपातमा हकप्रद शेयरको प्रस्ताव पारित गर्ने

Advertisement

काठमाडौँ । रुपन्देही तिलोत्तमामा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा(एजीएम) माघ १० गते हुने भएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे डार्सिज इन्टरनेशनल होटल बुटवलमा साधारण सभा गर्ने निर्णय गरिएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत कृष्णराज चौधरीले जनाएका छन् ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको हाल कायम चुक्ता पूँजीको २४ प्रतिशत बोनस शेयर पारित गर्नेछ । साथै बोनस शेयर जारी पछि कायम हुने आउने जारी तथा चुक्ता पूँजीको ३३.३३ प्रतिशत अर्थात ३ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनी सचिव चौधरीले जनाएका छन् ।

साधारण सभाले सञ्चालकहरुको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी अन्य इजाजत प्राप्त घ वर्गका वित्तीय संस्थासँग मर्जर वा एक्वीजिशनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

संस्थाको हाल कायम चुक्ता पूँजी ६ करोड १८ लाख ६१ हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement