अक्षय र करिनाको ‘गुड न्यूज’ चलचित्रले पाँच दिनमा कमायो सय करोडभन्दा माथि

Advertisement

काठमाडौं । बलीवुड अभिनेता अक्षय कुमार र करीना कपूर खान स्टारको फिल्म ‘गुड न्यूज’ले निकै नै राम्रो बिजनेस गरेको छ । गत शनिबार यो चलचित्रको व्यापार २१.७८ करोड कमाएको थियो । यो फिल्मले रिलिज भएको ६ दिनमा बुधबारसम्म सय करोडभन्दा माथिको व्यापार गरेको छ ।

चलचित्रको विकेन्ड कलेक्शन ६५ करोड भन्दा माथिको रहने अपेक्षा गरिएको छ । अक्षय कुमार, करिना कपुर, कियरा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रका पटकथा शक्तिशाली छ ।

चलचित्रको कथामा सन्तानको प्रतिक्षामा रहेका दुई परिवारको कहानीलाई जाडेको छ । नायिका करिना कपुरको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ । यो चलचित्रले अर्का अभिनेता सलमान खानको दवंग ३ चलचित्रलाई जित्ने भएको छ ।

फिल्म गुड न्युजको सफलताले अभिनेत्री करिना र किरायालाई पनि अहिले फाइदा पुगेको छ । उनीहरुले आफ्नो करियरमा यस चलचित्रले सहयोग पुर्याउँदा निकै खुसी भएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement