उद्योगमन्त्रीलाई चेम्बरको प्रश्न– औद्योगिक व्यवसाय ऐनको सुविधा कहिले उपभोग गर्न पाइन्छ ?

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायिक क्षेत्रमा देखा परेका समस्याको क्रमिकरुपमा आफूले समाधान गर्ने बताएका छन् ।

आफूलाई भेट्न आएको चेम्बर अफ कमर्शको टोलीसँग शुक्रबार उनले व्यवसायीका समस्याहरुलाई क्रमसः घटाउँदै जाने बताएका हुन् । भट्टले निजी क्षेत्रसँग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्न समग्र निजी क्षेत्रको धारणा प्रस्तुत गर्न समेत सुझाव दिए ।

मन्त्री भट्टले चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा निकासीको तथ्याङ्क उत्साहप्रद रहेको उल्लेख गर्दै व्यापार घाटा न्यूनीकरण गर्न यो दिगो हुनुपर्ने र निर्यातयोग्य वस्तुहरुको देशगत एवं वस्तुगतरुपमा विविधिकरण गर्नुपर्ने बताए ।

वस्तुको उत्पादनदेखि निकासी बजार तहसम्म प्रर्वद्धनात्मक कार्य गरी निकासी वृद्धि गर्नुको विकल्प नरहेको भट्टको भनाई थियो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले औद्योगिक व्यवसायीक ऐनले दिएको सुविधा सहुलियत आर्थिक ऐनले काट्न नहुने बताउँदै स्थानीय कर र अन्य करको चाप बढ्दै व्यवसायको लागत बढेको र विभागीयस्तरको अधिकार प्रत्यायोजनको प्रतिशत बढाउनु पर्ने र कम झन्झटिलो बनाउनुपर्ने, बैदेशिक लगानी आकर्षित गर्दा स्वदेशमा उपलब्ध स्रोत र साधनको परिचालन हुने गरी लगानी बढाउन प्रोत्साहित गर्नुपर्ने र आपूर्ति व्यवस्थापनमा सरल, सहज र नियमित आपूर्ति व्यवस्था गर्न ‘वफर स्टक’को व्यवस्था गर्नुपर्ने, पूराना ऐन कानून खारेज गरी समयानुकूल तर्जुमा गर्नुपर्ने, कानुनमा सुधार गरी उपभोक्ता एवं व्यवसायीमैत्री बनाउनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement