नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस शेयर ५ प्रतिशत र नगद लाभांश २.८९ प्रतिशत

Advertisement

काठमाडौँ । नेपाल इन्स्योरेन्सले शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र २.८९ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जनाएका छन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२ रुपियाँ रहेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव उप्रेतीले बताए ।

Advertisement

Advertisement

Advertisement