हिमालयन बैंकका ग्राहकलाई ७५ स्थानमा अधिकतम ३५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । हिमालयन बैंकले आफ्नो २७औं बार्षिकोत्सवको अवसरमा काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ। बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा छुट पाउने भएका छन्।

बैंकले ती स्थानहरुसंगको सहकार्यमा अधिकतम ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट।क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउनेछन्।

Advertisement

Advertisement