छिमेक लघुवित्तको सीईओमा चोलराज जोशी नियुक्त

Advertisement

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।

आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

माघ ६ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनी सचिव दिलीपकुमार श्रेष्ठले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement