हिमालयन बैंकको साधारण सभा माघ २९ गते, २२ प्रतिशत लाभांश प्रस्ताव पारित गरिने

Advertisement

काठमाडौं । हिमालयन बैंकको २७औँ वार्षिक साधारणसभा माघ २९ गते आयोजना हुने भएको छ । बैंकले १२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी जम्मा २२ प्रतिशत लाभांश दिने प्रस्तावसहित त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सभा आह्वान गरेको हो।

सभामा आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६।०७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । त्यस्तै, सभामा बैंकको अधिकृत पूँजी वृद्धि गरी १२ अर्ब गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने बताएको छ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जनाएको छ । माघ १२ गतेसम्म सेयरधनी रहेका लगानीकर्ताले मात्रै बैंकको लाभांश प्रप्त गर्नेछन्।

Advertisement

Advertisement

Advertisement