श्री लालीगुराँस सहकारीमा रोजगारीको अवसर

Advertisement

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको लगानीमा खुलेको श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगले २५ जनाका लागि विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । सहकारीले मंगलबार एक सूचना जारी गर्दै टेक्निकल अधिकृत, बजार अधिकृत, सहायक मेन्टेनेन्स, सहायक प्रशासान अधिकृत, बजार सहायक, लेखापाल, प्लान्ट अपरेटर, ड्राइभरलगायतका १७ पदमा आवेदन खुलाएको हो ।

सूचना अनुसार एसएलसी, १० जोड दुई तथा ड्राइभिङमा दुई वर्ष अनुभव प्राप्त गरेका व्यक्तिहरुलाई प्राथमिकतामा राखिने छ । तर, सम्बिन्धित क्षेत्रमा काम गरेको अनुभव तथा उमेरहद ३५ ननाघेको हुनपर्ने कम्पनीको सूचनामा उल्लेख छ । टेक्निकल अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट डेरी टेक्नोलोजी वा डेरी साइन्स, खाद्य प्रविधि, इन्जिनियरिङ विषयमा स्नातक गरेको हुनुपर्नेछ ।

आवेदन दिन इच्छुक व्यक्तिले व्क्तिगत विवरण (बायोडाटा), हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटा, सम्बन्धित योग्यता विवरणका प्रतिलिपिहरु पेश गर्न पर्नेछ । त्यस्तै, फारम बुझाउँदा पाँच सय रुपियाँ लाग्ने सूचनामा उल्लेख छ । कम्पनीले फारमको लागि कम्पनीको मूख्य कार्यालय ललितपुर–३ पुल्चोकमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Shree laligurans

Advertisement

Advertisement

Advertisement