आईएमएस ग्रुप लिनियरफ्ल्क्स ब्राण्डका हेडफोनहरुको आधिकारिक बिक्रेता नियुक्त

Advertisement

काठमाडौं । आईएमएस ग्रुप लिनियरफ्ल्क्सका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ । डाक्टर ड्रे एण्ड मोस्टर प्रोक्डक्ट्सका इन्जिनियरहरूले बनाएको लिनियरफ्ल्क्स हेडफोनको एक ब्रान्ड हो ।

यो हेडफोन वायरलेस, हाइपर डेफिनिशन, अडियोकोे अनुभव दिने विशेषताको रहेको छ । निरन्तर दुई वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकन ब्राण्ड लुनेरफ्ल्क्स बजारमा आएको आईएमएस ग्रुपले जनाएको छ ।

लुनेरफ्ल्क्स हाइपरसोनिक एक वायरलेस हेडफोन हो । यो सक्रिय जीवनशैलीको लागि बनेको हो भन्दै यो हेडफोन लेडी गागा, डाक्टर ड्रे, पफ्फी डेडी, ब्ल्याक आईड पिस, फार इष्ट मुभमेन्ट, जे चाउ, ओन्डर गल्स जस्ता साङ्गीतिक क्षेत्रका हस्तीहरुबाट परीक्षण भएको जनाइएको छ ।

यसको डीएल०१ इम्प्रेसिभ ध्वनी इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउने भन्दै आईएमएसले लिनेरफ्ल्क्स हाइपरसोनिक पानी प्रतिरोधी रहेको, यसमा कुनै पनि रिचार्जेबल केबुल आवश्यक नपर्ने जनाएको छ । यसले बाहिरी ध्वनी कम गरी विस्तृत ध्वनी सुन्न र बेसको आनन्द लिन मद्दत गर्ने छ ।

Advertisement

Advertisement

Advertisement