एनआईसी एशिया र इन्फ्रासफ्ट भारत/एम्नील टेक्नोलोजी नेपालबीच त्रिपक्षीय सम्झौता

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत, एम्नील टेक्नोलोजी प्रालि नेपालका बीच End to End AML (Anti Money Laundering) / CFT (Combating Terrorist Financing) Solution खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी लि.का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजि प्रालिका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि. र एम्नील टेक्नोलोजी प्रालिले बैंकलाई अन्तर्राष्ट्रियस्तरको End to End AML Solution उपलब्ध गराउने र End to End AML (Anti Money Laundering) /CFT (Combating Terrorist Financing) Solution कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्दै बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जनाएको छ । मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा बैंकले सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement