सिभिल बैंकमा ११० जनाको लागि जागिर खुल्यो, १९ देखि ५० वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने

Advertisement

काठमाडौँ । सिभिल बैंकमा ब्राञ्च म्यानेजरदेखि अप्रेशन असिस्टेन्टसम्म गरी १ सय १० जनाको लागि रोजगारीको अवसर खुलेको छ ।

ब्राञ्च म्यानेजर १५ जना, रिलेशनसीप म्यानेजर ३० जना, अप्रेशन इञ्चार्ज १५ जना र अप्रेशन असिस्टेन्ट पदमा ५० जनाको लागि आवेदन माग गरिएको हो ।

म्यानेजर लेभलमा २९देखि ५० वर्ष, अफिसर लेभलमा २२देखि ४० वर्ष र असिस्टेन्ट लेभलमा १९देखि ३० वर्ष उमेरका योग्यता पुगेका व्यक्तिहरुले बुधबारदेखि फागुन ८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement