युनाईटेड इन्स्योरेन्स सञ्चालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन

Advertisement

काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी कम्पनीको संस्थापक शेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष समेत रहेका छन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम विहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिनु भर्ई पदभार ग्रहण गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् । देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्नु हुने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताए । साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउँदै यसका लागि नियामक निकाय, सेयरधनी, बीमित एवम् शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement