सिद्धार्थ बैंकको नाफा १०२ करोड, यस्ता छन् सूचक

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले ६ महिनामा एक अर्ब २ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले एक अर्ब २ करोड नाफा आर्जन गर्न सफल भएको हो । यद्यपी २०७५ पुस मसान्तमा बैंकले एक अर्ब ६ करोड नाफा आर्जन गरेको थियो ।

सिद्धार्थले पुस अवधीमा वितरण योग्य मुनाफा ५७ करोड रुपैयाँ आर्जन गरेको छ । ९ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
बैंकले एक खर्ब २६ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १८ अर्ब कर्जा प्रवाह गर्दा सिडी रेसियो ७८.४१ प्रतिशत कायम गरेको छ ।

बैंकले यो अवधीमा ७ अर्ब ५४ करोड ब्याज आम्दानी गरेर ४ अर्ब ७७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी २ अर्ब ७७ करोड रुपैयाँ गरेको छ । बैंकको आधार ब्याजदर १०.०४ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.२७ प्रतिशत छ ।

सिद्धार्थको स्प्रेड दर ५.१४ प्रतिशत छ । खराब कर्जा १.५५ प्रतिशत रहँदा प्रतिसेयर आम्दानी २१.५७ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५०.७२ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement