सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज पनि तोलामा दुई सय बढ्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत बिहीबार ७५ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले बढेर प्रतितोला ७५ हजार दुई सय रुपियाँ कायम भएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन् । त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७४ हजार नौ सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ४७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार २१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement