काठमाडौँको भीमसेनगोलामा कामना सेवाको ११७औं शाखा बिस्तार

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौ महानगरपालिका वडा नं ३१ स्थित भीमसेनगोलामा बुधबार ११७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

काठमाडौं–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ भी५ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement