अग्नि सापकोटालाई सभामुख नबनाउन र तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

Advertisement

काठमाडौँ । अग्नि सापकोटालाई सभामुख बनाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । तत्कालिन बिद्रोही माओवादीबाट राजनीतिमा उदाएका नेकपाका नेता सापकोटा सभामुखका सर्वसम्मत उम्मेवार हुन् ।

तर, काभ्रेका अर्जुन लामाको हत्याको आरोप खेप्दै आएका सापकोटालाई सभामुख नबनाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । लामाकी श्रीमतीले सापकोटाविरुद्ध अदालतमा दर्ता गरेको मुद्दा अहिले तामेलीमा छ ।

रिटमा त्रिपाठीले सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरेका छन् । उक्त मुद्दाको पेशी आइतबार तोकिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाइएको छ। रिटमा सर्वोच्च अदालतले २०६८ सालमै अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न माग गरिएको छ।

यही अवस्थामा अग्नि सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा संविधान र विद्यमान कानुनको गम्भीर उल्लंघन हुने, पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने तथा प्रतिनिधिसभा नै अर्मयादित हुने भन्दै अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतसँग अन्तरिम आदेश जारीको माग गरेका छन्।

Advertisement

Advertisement

Advertisement