कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखियो

Advertisement

काठमाडौँ । छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टि भएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कोरोनाको लक्षण देखिएका ती व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएको थियो । उक्त जाँच पोजेटिभ आएको पत्रकार सम्मेलनमा बताइयो । हाल ती व्यक्ति प्रत्यक्ष निगरानीमा रहेको छन् ।

कोरोना भाइरसः लक्षण र यसको संक्रमणबाट बच्ने उपाय यस्ता छन्

Advertisement

Advertisement

Advertisement