नेपाल विद्युत प्राधिकरणका तीन कर्मचारी साढे दुई लाख घुससहित पक्राउ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन कर्मचारी साढे दुई लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरण कुलेश्वर वितरण केन्द्रका दुई र घ्याङखेल गाउँपालिका कार्यालय सिन्धुलीका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्राधिकरण कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरी र पुरुषोत्तम दाहाललाई अख्तियारले माघ ९ गते २५ हजार रुपियाँसहित पक्राउ गरेको हो । घ्याङखेल गाउँपालिका कार्यालय सिन्धुलीका इन्जिनियर दीलिपकुमार साह पनि दुई लाख २६ हजार रुपियाँ घुस मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

साहले अख्तियारका अनुसार घ्याङलेख गाउँपालिकाको विभिन्न वडामा एचटी र एलटी तथा ट्रान्सफर्मर जडान एवं विद्युतिकरणको काम सकेर रकम लिने क्रममा पक्राउ परेका हुन् ।

Advertisement

Advertisement