महालक्ष्मी र राष्ट्र बैंकबीच ‘आरटीजीएस’सम्वन्धी सम्झौता

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकसँग आरटीजीएस प्रणालीसँग सम्वन्धित् समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राष्ट्र बैंकसँग सोमबार यो समझदारी गरेको बैंकले जनाएको छ ।

समझदारीपछि ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्टबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट गर्नसक्नेछन् । यस्तो गर्दा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकको भनाई छ । समझदारीपत्रमा राष्ट्र बैंकका भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती नेपाल र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement