आन्तरिक राजश्व कार्यालयका अधिकृत १० हजार घुस रकम सहित पक्राउ

Advertisement

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी १० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कम्प्युटर अधिकृत अधिकारीले बिद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले अधिकारीलाई सेवाग्राहीसँग दस हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।

उक्त रकमसहित नियन्त्रण परेका अधिकारीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement