कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमै बनायो हजार शय्याको अस्पताल

Advertisement

काठमाडौं । कोरोना भाइरस भाइरस व्यापक भएपछि नियन्त्रण गर्न चीन सरकारले दुई दिनमै हजार शय्याको अस्पताल बनाएको छ। चीनले दुई दिनमै हजार शय्याको अस्पताल तयार गरेको हो। ह्वान्ग्याङ सेन्ट्रल हस्पिटलको शाखाको रुपमा यो नयाँ अस्पताल निर्माण गरिएको हो।

हुबेई प्रान्तको वाङ्जाउ जिल्लामा यस अस्पताल निर्माण भएको डेलीमेलले जनाएको छ। अस्पतालले काम सुरु गरिसकेको जनाइएको छ। कोरोनाको संक्रमणले महामारीको रुप लिएपछि गत शुक्रबार मात्र चीन सरकारले ६ दिनमा हजार शय्याको अस्पताल निर्माण गर्न निर्देशन दिएको थियो।

उक्त्त अस्पतालमा पानी, बिजुली तथा इन्टरनेटको पूर्ण व्यवस्था गरिएको जनाइएको छ।
४८ घन्टामै अस्पताल तयार भएको जनाइएको छ। यो अस्पताल निर्माण सम्पन्न गर्न ५ सयजना कामदार दिनरात दुई दिन खटेका थिए।

यस्तै कोरोना संक्रमितकै लागि लक्षित अन्य अस्पतालहरु पनि बनिरहेका छन्। कोरोना पहिलोपटक देखिएको वुहान शहरमा यो अस्पताल निर्माणाधिन छ। यस अस्पतालमा भने १५ सय बिरामीको उपचार हुनेछ। यहाँ २ हजार चिकित्सकहरुले उपचार गर्नेछन्।

यस्तै तेस्रो अस्पताल जेन्झाउमा बनिरहेको छ। यी अस्पतालहरु फेब्रुअरीदेखि सन्चालनमा आउने अनुमान गरिएको छ। हालसम्म कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। यस भाइरसबाट चीनमा मात्र ५ हजार ९ सय ७४ संक्रमित छन्। यस्तै चीनबाहिर ८२ गरी पुरा ६ हजार ५६ मा यस भाइरसको संक्रमण देखिएको सीएनएनले जनाएको छ।

Advertisement

Advertisement

Advertisement