गैर आवासीय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्सबीच निशुल्क कानूनी परामर्श सम्झौता

Advertisement

काठमाडौं । गैर आवासिय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्सबीच गैर आवासीय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गैर आवसिय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निशुल्क कानूनी परामर्श दिनेछ । कार्यक्रममा उपस्थीत नेपालबार एसोसियसनका महासचिव लिलामणी पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसियट्सले प्रदान गर्ने कानूनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानूनका विषयमा सहज रुपमा जानकारी तथा परामर्श दिनविश्वास व्यक्त गरे ।

नेपालीका लागी नेपाली अभियानअन्र्तगत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैर आवासिय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले बताए । न्यौपानको अग्रसरता नै पिपुल्स लिगल एसोसियट्स र एनआरएनए बिच कानूनी परामर्श दिने सम्झौता भएको हो ।

कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैर आवसिय नेपालीको आवश्यकता अनुसार नेपालको कानूनी विषयमा सम्झौता अनुसार निशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरे । ‘१५वर्ष देखि ठुलो संख्याका व्यवसायी तथा व्यक्तिहरुलाई कानूनी सेवा प्रदान गर्दै आइरहेका थियौँ’ पौडेलले भने, ‘एनआरएनएसँग जोडिँदा झनै उत्साहित छौँ ।’

गैर आवासिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले पिपुल्स लिगल एसोसियट्ससँगको सहकार्यले एनआरएनका सदस्यलाई नेपालको कानूनी व्यवस्थाबारे जानकारी तथा परामर्शलिन सहज हुने विश्वास व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement