विभाजित एनआरएनएमा राहत घोषणा गर्न प्रतिस्पर्धा, एक करोडको बदलामा १० करोड घोषणा

Advertisement

काठमाडौँ । विभावित गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई समूहबीच भूकम्प पीडितका लागि राहत कोष घोषणा गर्न प्रतिस्पर्धा भएको छ । 

एनआरएनएको नेकपा एमाले समूहले एक करोड १० लाखको राहत घोषणापछि एनआरएनएको कांग्रेस–माओवादी समूहले १० करोड २१ लाखको राहत कोष घोषणा गरेको छ । आफूलाई आधिकारिक दावी गर्दै आएको बद्री केसी समूहले सुरुमा १० लाख र पछि एक करोड १० लाखको राहत घोषणा गरेको थियो । 

Advertisement

केसी समूहले राहत घोषणा गरेको केही समयपछि आरके शर्मा समूहले १० करोड २१ लाख रुपियाँको राहतको घोषणा गरेको हो । शर्माले दुइ वर्ष भित्र १० करोड रुपियाँको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गर्दै आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपियाँप्रदान गर्ने घोषणा गरेका हुन् । 

शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको भन्दै विपद परेको बेला मन खोलेर सहयोग गर्न आग्रह गरेको छ । सहयोग आउने क्रम जारी रहेको बताएको छ । 

यता बद्री केसी समूहले जाजरकोट र रुकुमका भूकम्प पीडितको राहत तथा उद्धारका लागि एक करोड १० लाख रुपियाँको राहत कोष स्थापना गरेको बताएको छ ।   

यसमध्ये १० लाख रुपियाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी एक करोडको राहतका सामग्री प्रभावित क्षेत्रमा पठाउने जनाइएको छ । जाजरकोट र रुकुमका चार सय परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यान्न तथा लत्ताकपडा वितरण गरिने जनाइएको छ ।   

Advertisement

Advertisement