फेसबुक, ट्वीटर र युट्युबमा विज्ञापन गरे २ लाख जरिवाना र ३ वर्ष जेल

Advertisement

काठमाडौं । अब फेसबुक, ट्वीटर र युट्युब लगायतका समाजिक सञ्जालहरुमा विज्ञापन गरेमा २ लाख जरिवाना र ३ वर्षसम्म जेल सजाय हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर र युट्युब लगायतका सामाजिक सञ्जाल गरिने विज्ञापन र त्यस वापत बुझाइने वा प्राप्त हुने आम्दानीलाई गैर कानुनी ठहर गरेको हो ।

‘यस्तो कारोबारबाट विदेशी बिनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी बिनिमय(नियमित) गर्ने ऐन, २०१९ र प्रचलित कानून बमोजिम कारवाही गरिने छ’–राष्ट्र बैंकका विदेशी बिनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था र अन्य निकायले आँफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन एजेन्सीमार्फत सामाजिक सञ्जालमा महँगो शुल्क तिरेर विज्ञापन गर्दै आएको र विज्ञापन एजेन्सीहरुले मूल्य अभिबृद्धि करसमेत जोडेर पैसा लिने र आफूले भने बाहिरबाट नेपाल आउने पैसा उतै रोकेर विज्ञापन गरिदिँदै आएपछि राष्ट्र बैंकको ध्यानाकर्षण भएको हो । सामाजिक सञ्जालबाट बुस्टका नाममा मुद्रा विदेशी लिइ रहेको कुरालाई मध्यनजर गर्दै अब बैंकिङ प्रणालीमा ल्याउनका लागि राष्ट्र बैंकले यो निर्देशन जारी गरेको जनाएको छ ।



‘राष्ट्र बैंकको निर्देशन बिपरित कार्य गरे विदेशी बिनिमय जफत गरी बिगो बमोजिम तीन गुणासम्म जरिवाना गरिने छ । त्यसैगरी बिगो कायम गर्दा रकम खुल्न नसक्ने अवस्था आई परे कसुरको मात्रा हेरी २ लाखसम्म जरिवाना हुनेछ’– विदेशी बिनिमय(नियमित) गर्ने ऐन, २०१९ मा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement