जापानी अर्बपतिको प्रेमिका बन्न २७ हजार बढीको आवेदन, अन्त्यमा विहे नै रद्द

Advertisement

काठमाडौं । जापानी अर्बपतिले आफूले विवाह गरेर चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित गरेका छन् । युसाकु मेइजावाले अनलाईन विज्ञापन लन्च गरेर स्पेसएक्स रकेटबाट चन्द्रमाको उडानमा जानका लागि एक गर्लफ्रेन्ड खोजेका थिए । चन्द्रमामा जान २० वर्षमाथिका युवतिको खोजी गरेका जापनी अर्बपति युसाकु माइएजावाले सामाजिक सञ्जाल मार्फत चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित भएको घोषणा गरेका हुन् ।

एक महिना अघि मात्रै उनले चन्द्रमा हनिमुन मनाउनका लागि विज्ञापन नै गरेका थिए । यो विज्ञापन हेरेर २७ हजार ७२२ महिलाले आवेदन दिएका थिए । उनले ट्वीटमा यो कुराको जानकारी दिँदै लेखेका छन्, ‘व्यक्तिगत कारण मैले अबेमा टिभीलाई हिजो आफ्नो फैसलाको बारेमा बताएको थिए कि आफ्नो म्याचमेकिङ डकुमेन्ट्रीमा भाग लिन चाहन्न भनेर । यसैले मैले शो रद्ध गर्ने अनुरोध गरेको हु ।’तर उनले एक्लैले सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने योजना भने परिवर्तन गरेका छैनन्।

गत महिना ४४ वर्षीय माइएजावाले वेबसाइट मार्फत विज्ञापन आव्हान गरेका थिए। तर उनले ट्वीटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे। २७ हजार २ सय महिलाले आवेदन दिएको भन्दै यो निर्णयबारे जानकारी गराउँदा आफू दुखी रहेको उल्लेख गरेका छन्। उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए। सन् २०२३ का लागि योजना गरिएको उक्त यात्रामा सन् १९७२ पछि पहिलो पल्ट मानिसहरू चन्द्रमामा जान लागेका हुन्।

Advertisement

Advertisement

Advertisement