बस र माइक्रोबस ठोक्किँदा सुनसरीमा चार जनाको ज्यान गयो, छ जना घाइते

Advertisement

सुनसरी । रामधुनी नगरपालिका २ को कृषि फार्म नजिकै बस र माइक्रोबस ठोक्किँदा आइतबार चार जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । मृत्यु हुनेमा बा ५ ख ३१५७ नम्बरको माइक्रोबसका चालक दिपक खड्कासमेत छन् । त्यस्तै, झापा भद्रपुरकी डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको पनि मृत्यु भएको छ ।

पकली प्रहरी कार्यालयका अनुसार काठमाडौं जाँदै गरेको माइक्रो र काठमाडौंबाट सुनसरी आउँदै गरेको ६ ख ७९५ नम्बरको बस बिहानै ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement