समीट लघुवित्तको शेयर कारोबार रोक्का, सजिलोसँग मर्जर हुने

Advertisement

काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार विहीबारदेखि रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले शेयर कारोबार रोक्का गरेको हो ।

समीट र सजिलो लघुवित्त एक आपसमा गाभिने सम्बन्धी पत्रमा हस्ताक्षर भएको पत्र प्राप्त भएपछि नेप्सेले कारोबार रोक्का गरेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी बिनियमावली २०७३ को बिनियम ६(१) बमोजिम समिटको शेयर कारोबार रोक्का गरिएको नेप्से सूचीकरण शाखाका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement