नापी, वन र प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दर्ता, ३५ हजार घुस खाने सर्भेक्षक पक्राउ

Advertisement

काठमाडौँ । नापी कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवानले ७५ हजार घुस लिएको ठहरसहित विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार मुद्दा दर्ता गरेको हो ।

नापी कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवानले जग्गा हालसाबिक गरी पुनःनापीको जग्गाधनी प्रमाणपूर्जा बनाइदिने भनी बिभिन्न बहाना गरी सेवाग्राहीसँग पटकपटक घुस मागेको उजुरीका आधारमा आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले पासवानलाई पचहत्तर हजार घुस लिंदै गर्दाको अवस्थामा यस अघि नै नियन्त्रणमा लिएको थियो ।

यता, सैनामैना सवडिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ उपर विरुद्ध विहीबारै विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

सहायक वन अधिकृत श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको उजुरीका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

यसैगरी नेपाल विद्युत प्राधिकरणको कार्यालय काठमाडौँ कुलेश्वरमा कार्यरत कृष्णमुरारी चौधरी र बिजुलीको पोल तथा लाइनको काम गर्ने पुरुषोत्तम दाहाल विरुद्ध पनि विहीबारनै मुद्दा दर्ता भएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार चौधरीले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग माग गरिरहेको उजुरीका आधारमा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले चौधरी र दाहाललाई सेवाग्राहीसँग पचीस हजार घुस लिदैं गर्दाको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

३५ हजार घुस रकमसहित पक्राउ
नापी कार्यालय, बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी कार्य गर्ने बताउने प्रताप केसी बुधबार ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

सर्भेक्षक खत्री र केसीले हालसाविक भिडाउने काम बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट पैतीस हजार घुस लिएको अवस्थामा नापी कार्यालय बाँकेबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement