घुस खाने २ प्रहरीलाई अख्तियार टोलीले समात्यो, अनुसन्धान चल्दै

Advertisement

काठमाडौँ । ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सूर्यबहादुर अधिकारी पाँच हजार घुस रकमसहित पक्राउ परेका छन् । प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भई हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल रुपन्देहीमा अधिकारीले बिभिन्न बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दुःख दिने गरेको थिए ।

टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक–पटक घुस गरिहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले अधिकारीलाई सेवाग्राहीबाट पाँच हजार घुस लिइसकेको अवस्थामा बुटवल उप– महानगरपालिका वडा नम्बर ०८ स्थित ट्राफिक प्रहरी पोष्ट रामनगरबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । अहिले अनुसन्धान जारी रहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालले विज्ञप्ति मार्फत जनाएका छन् ।

यता, शुक्रबार नै अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छबिलाल पोख्रेल घुससहित पक्राउ परेका छन् । प्रहरी जवानपोख्रेलले बिभिन्न बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दुःख दिने गरेको बुझिएको छ ।

टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पोख्रेललाई सेवाग्राहीबाट तीन हजार घुसलिइसकेको अवस्थामा जिल्ला रुपन्देही, देवदह नगरपालिका वडा नम्बर ७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टको कार्यालयबाट पक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement