धनगढीमा ज्योति लाइफको प्रादेशिक कार्यालय उद्घाटन

Advertisement

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीमा प्रादेशिक कार्यालय शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले उक्त कार्यालय उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष चापागाईँले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानीय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारिता बढाउन बीमा समिति आफै लागि परेको कुरा जानकारी गराए ।

साथै अहिलेसम्म नियामकीय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको भएतापनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको बताउँदै यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने बताए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरुको हकमा पुराना कम्पनीहरुलाई पनि चुनौती दिन सफल भएको र सुदुर पश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुला सहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको जानकारी गराए ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले छोटो समयमानै बीमाको दायरा ६ % बाट २२ % पु¥याउन बीमा समितिको अहम भूमिका रहेको कारण समितिप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । कम्पनीले देशको विभिन्न स्थानमा ११७ वटा शाखा विस्तार गर्न सफल भएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement