महालक्ष्मीले शुरु गर्यो घातक रोग पुरक सुविधा योजना, ‘५० लाख रुपियाँसम्म दाबी भुक्तानी गर्ने’

Advertisement

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ५० लाख रुपियाँसम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना संचालनमा ल्याएको छ ।

कम्पनीले जीवन बीमा कारोबार प्रारम्भ गरेको एक वर्ष पूरा भएको अवसरमा आज एक समारोहका बीच नयाँ योजना शुभारम्भ गरेको हो ।

यसअघि कम्पनीले महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याइसकेको छ ।

नेपालको बीमा बजारमा चालिसौँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो । २०७५ माघ २७ गतेदेखि उक्त कम्पनीले जीवन बीमा कारोबार शुरु गरेको थियो ।

Advertisement

Advertisement

Advertisement