कञ्चन डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, एनएमबि बैंकले प्राप्ति गर्ने

Advertisement

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सोमबार देखि उक्त बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकले प्राप्ति(एक्वीजिशन) सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको व्यहोरा अवगत भएको भन्दै कारोबार रोक्का गरिएको नेप्से सूचीकरण शाखाका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले जनाएका छन् ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी बिनिमावली २०७३को बिनियम ६(१) बमोजिम कञ्चनको शेयर कारोबार सोमबारबाटै रोक्का राखिएको काम सहायक प्रबन्धक ढुंगेलले बताए ।

Advertisement

Advertisement

Advertisement