आईएमई जनरल इन्स्योरेन्सको एजीएम फागुन २४ गते, ६ जना सञ्चालक निर्वाचित गर्ने

Advertisement

काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभा(एजीएम) फागुन २४ गते हुने भएको छ ।

गत विहीबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे लैनचौर बैंङक्वेट लैनचौरमा साधारण सभा गर्ने निर्णय भएको कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले बताए ।

साधारण सभा प्रयोजनका लागि फागुन १२ गतेदेखि २४ गतेसम्म कम्पनीको शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय भए जनाइएको छ ।

यसैगरी साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार ३२ लाख २२ हजार ९ सय ४७ रुपियाँ ३७ पैसा नगद लाभांश र काल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपियाँको ६ प्रतिशत बोनस शेयर स्वीकृत गर्ने जनाइएको छ ।

साथै कम्पनीको संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालक निर्वाचित गर्नेछ ।

Advertisement

Advertisement

Advertisement