कालापानी क्षेत्र अवलोकन गर्न गएका रक्षामन्त्री आकाशबाट मात्रै निरीक्षण गरेर फर्किए

Advertisement

काठमाडौँ । कालापानी क्षेत्र अवलोकन गर्ने भनेर सोमबार सो क्षेत्रमा गएको उपप्रधान तथा रक्षामन्त्रीको टोलीले हवाई निरीक्षण मात्रै गरेर फर्किएको छ । मौसम प्रतिकुल भएको भन्दै टोलीले कालापानी क्षेत्रमा अवतरण नगरी आकाशबाटै निरीक्षण गरी फर्किएको हो ।

सैनिक हेलिकप्टर चढेर निरीक्षण गर्न गएको पोखरेल नेतृत्वको टोलीमा केही साँसद र रक्षा मन्त्रालयका अधिकारीहरु थिए । बाक्लो हिउँका कारण हेलिकप्टर अवरतण गर्न नसकेकोले आकाशबाटै निरीक्षण गर्नुपरेको टोलीमा सहभागीहरुको दावी छ ।

नेपाली भूमि कालापानी अहिले भारतीय सुरक्षाकर्मीको कब्जामा रहेको छ । उक्त क्षेत्रबाट भारतीय सैनिकलाई हटाएर नपाल भूभागको रक्षा गर्न सशस्त्र प्रहरी तैनाथीका लागि चौतर्फी आवाज उठिरहेको छ । टोलीले छाङरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट राख्ने ठाउँसमेत हेर्ने भनेर गएका मन्त्री पोखरेलले कालापानी क्षेत्रको समेत निरीक्षण गर्ने योजना बनाएको थियो ।

Advertisement

Advertisement

Advertisement