'स्प्रेड दरको विकल्प नखोजी मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा नगर्नु-अर्थमन्त्री

Advertisement

काठमाडौं । बैंकहरुको स्प्रेडदर गणना बिधी परिमार्जनका उपाय खोज्न समिति गठन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका दुबै डेपुटी गभर्नर र २७ वटै बाणिज्य बैंकका सिइओहरुको छलफलपछि अर्थमन्त्री डा. खतिवडाले अध्ययन समिति गठन गरेका हुन् । समितिले एक हप्ताभित्र विद्यमान स्प्रेडदर गणना बिधीको विकल्पसहितको खाका तयार पारेर बुझाउने छ ।

बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने–‘समितिले ३ दिन भित्र स्प्रेड दर गणना बिधिको विकल्प खोज्नु, नसके ७ दिन भित्र सम्पन्न गर्नु र त्यो अध्ययनलाई मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामा समेट्नु ।’

समितिमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, बैंकर्स संघका अध्यक्ष र अर्थमन्त्रालयको वित्तिय व्यवस्थापन महाशाखा प्रमुखलाई राखिएको छ । यो समितिले एक हप्ताभित्र अहिले कार्यान्वयनमा रहेको स्प्रेड दर गणना बिधिको विकल्प तयार पारेर प्रतिवेदन बुझाउने छ । सोही प्रतिवेदनका आधारमा मात्रै मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षा गरिनेछ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले स्प्रेड दर गणना बिधिको विकल्प खोजेर पेश गर्ने बताए । ‘स्प्रेड दर गणना बिधिको विकल्प के हुन सक्छ भनेर अध्ययन गर्न कार्यदल बनेको छ, एक हप्तामा कार्यदलले प्रतिवेदन बुझाउने छ’, डेपुटी गभर्नर शिवाकोटीले कर्पाेरेट नेपालसँग भने ।

Advertisement

Advertisement

Advertisement