इन्धनको मूल्य घट्यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई–दुई रुपियाँको दरले घटाएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि समायोजन गरिएको जानकारी दिएका छन् । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावतै कायम राखिएको छ ।

स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले इण्डियन आयल कर्पोरेशनले हरेक दुई हप्तामा पठाउने मूल्यसुचीअनुसार मूल्य समायोजन गर्दै आएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपियाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपियाँ कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement