बालुवाटारबाट प्रधानमन्त्रीको उद्घोष-‘रुलिङ पोजिशनमा पुग्नु भनेको लुटिङ फेसिलिटी होइन’

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लुट्नको लागि प्राप्त नगरेको बताएका छन् । ‘रुलिङ पोजिशनमा पुग्नु भनेको लुटिङ फेसिलिटी पाएको होइन’–उनले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो तलब बैंकका सीईओको भन्दा कम रहेको पनि बताए । उनले भने–‘मेरो तलब १ लाख पनि छैन । ’

प्रधानमन्त्री निवास वालुवाटारमा विहीबार नेपाल राष्ट्र बैंकका एकजना डेपुटी गभर्नर चिन्तामणी शिवकोटीको पुस्तक बिमोचन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

बैंकमा ऋण लिन जाँदा फारम भर्दा भर्दै हैरान हुनुपर्ने दिन छिटो सकियोस्, फारमले सुटकेश भरेर हुन्छ ? प्रधानमन्त्रीको प्रश्न थियो ।

सत्तामा बसेकाहरु भ्रष्टाचारी भएको आलोलना बढ्न थालेको प्रशंगमा उनले भने–‘कसैले घर बनाउने बित्तिकै, गाडी किन्ने बित्तिकै छानबिन गर्ने हो र ? प्रमाण चाहिन्छ नि अध्ययन गर्न÷ छानबिन गर्न पनि । तेत्तिकै तर्साउने हो र ?’

Advertisement

Advertisement

Advertisement