'ज्ञानेन्द्र कार्कीले अंग्रेजी बुझ्दैनन क्या हो ? के हेरेर एमसीसीमा सम्झौता गर्यो काँग्रेसले ?'

Advertisement

पोखरा । सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा अमेरिकी सहयोग परियोजना एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने बताएका छन् ।

खनालले कांग्रेस नेतृत्व सरकारका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले कुरै नबुझी नेपालको हित विपरित एमसीसी परियोजनामा हस्ताक्षर गरेको आरोपसमेत लगाए ।

एमसीसी अमेरिकाले अघि सारेको इन्डोप्यासिफिकको अङ्ग नभए पनि यो परियोजना जस्ताको तस्तै कार्यान्वयन गर्दा नेपालले ठूलो मूल्य चुकाउने पनि खनालले बताए ।

सम्झौतामा हस्ताक्षर गर्दा कांग्रेसले के हेरेर गरेको रु भन्दै खनालले प्रश्न गरे ।

‘सम्झौतामा अमेरिकाको न्युयोर्क सिटीको कानुन नेपालमा लागू हुने भनिएको छ । त्यो भनेको के हो रु,’ खनालले आक्रोस पोखे, ‘कांग्रेसका अर्थमन्त्री ज्ञानेन्द्र कार्कीजीले के हेरेर त्यतिबेला हस्ताक्षर गर्नु भयो रु त्यतिबेला कांग्रेसले गरेको गल्ती यो सरकारले सच्याउँछ ।’

एमसीसी परियोजनाले नेपालमा ५५ अर्व अनुदान दिने कुरा राम्रो भए पनि अमेरिकाको कानुन कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नहुने खनालको तर्क छ ।

२९ भदौमा कांग्रेस नेतृत्वको तत्कालीन अर्थमन्त्री कार्कीले सम्झौतामा हस्ताक्षर गरेका थिए । एमसीसीका विषयमा पछिल्लो समय सत्तारुढ नेकपामै विवाद उठेपछि १५–१९ माघमा बसेको नेकपा केन्द्रीय कमिटि बैठकले कार्यदल गठन गरेर यसका सबै बुँदा र दस्तावेजह अध्ययन गर्नुपर्ने निर्णय भएको थियो ।

खनालको संयजकत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले केही दिनअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा बिना संशोधन एमसीसी परियोजना कार्यन्वयन गर्न नहुने औंल्याइएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement