‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३’ आजदेखि निष्काशन तथा बिक्री खुला

Advertisement

काठमाडौँ । सात वर्ष अवधि तथा वार्षिक १२ प्रतिशत ब्याजदर भएको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३’ आजदेखि निष्काशन तथा बिक्री खुला भएको छ ।

२० कर।ोड बराबरको प्रति शेयर रु. १००० अंकित मूल्यका २ लाख कित्ता मध्ये १ लाख २० हजार कित्ता डिबेञ्चरले हुन आउने कूल रु. १२ करोड ऋण पूँजी रकम परिपत्र विधिबाट र ८० हजार कित्ता डिबेञ्चरले हुन आउने कूल रु. ८ करोडको ऋण पूँजी रकम मध्ये ५ प्रतिशत अर्थात ४ हजार कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

न्यूनतम २५ कित्ता र अधिकतम ७६ हजार कित्ताका लागि दरखास्त दिन सकिने छ । ऋणपत्र छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र २७ गते बन्द हुने ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement